अक्सफोर्डको कोरोनाविरुद्धको भ्याक्सीनको ‘ट्रायल’ फेरि शुरु गर्न डीसीजीआईले दियो अनुमति

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक खिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोना भाइरस अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिए पनि पूर्ण सफलता हात पार्न सकेका छैनन् ।

यसैबीच भारतमा रोकिएको अक्सफोर्डको कोरोनाविरुद्धको भ्याक्सीन फेरि शुरु गर्न अनुमति मिलेको छ ।

भारतीय औषधि महानियन्त्रक (डीसीजीआई) डाक्टर वीजी सोमानीले सीरम इन्स्टीट्यूट अफ इण्डिया (एसआईआई) लाई रोकिएको अक्सफोर्डको कोरोनाविरुद्धको भ्याक्सीनको ट्रायल रफेरि शुरु गर्न अनुमति दिएको हो ।

बेलायतमा एक महिला भ्यालेन्टियर्समा साइड इफेक्ट देखिएपछि परीक्षण रोकिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?