अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ३९ हजार १२९ जनाको मृत्यु भएको छ भने २ करोड ९७ लाख २२ हजार ४७८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ करोड १५ लाख ३७ हजार ७४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६० हजार ९१२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख १९७ जनाको मृत्यु भएको छ भने ६७ लाख ८८ हजार १४७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४० लाख ६८ हजार ८६ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख १९ हजार ८६४ जना उपचाररत छन् । त्यस्तै अमेरिकामा १४ हजार १६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १४ हजार ६१५ जनाको मृत्यु भएको छ भने ७ लाख ६८ हजार ६०१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा ७ लाख ४ हजार ८१३ जनालाई संक्रमण भएको छ भने १४ हजार ७३० जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म १२ हजार ७८८ जनाको मृत्यु भएको छ भने ६ लाख ६८ हजार ८४६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै अमेरिकामा मंगलवार ३६ हजार ४४७ जना संक्रमित थपिएका छन् भने १ हजार १९७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?