काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ३९ हजार १२९ जनाको मृत्यु भएको छ भने २ करोड ९७ लाख २२ हजार ४७८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २ करोड १५ लाख ३७ हजार ७४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६० हजार ९१२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ८२ हजार ९१ जनाको मृत्यु भएको छ भने ५० लाख १८ हजार ३४ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ३९ लाख ३९ हजार १११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ लाख ९६ हजार ८३२ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा मंगलवार मात्रै ९१ हजार १२० जना संक्रमित थपिएका छन् भने १ हजार २८३ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया