काठमाडौं । अमेरिका र बेलायतसँग चीनको सम्बन्ध लगातार बिग्रिरहेको छ । मंगलवार चीनविरुद्ध अमेरिका र बेलायत एकसाथ उत्रिएका छन् ।
अमेरिका र बेलायतले चीनविरुद्ध आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेका छन् ।
दुबै देशले एक साथ आफ्ना नागरिकका लागि यो ट्राभल एडभाइजरी जारी गरेका हुन् र आफ्नो नागरिकलाई चीन र हङकङ नजान चेतावनीदिएका हुन् ।
ट्राभल एडभाइजरीमा यो पनि भनिएको छ कि, यदि कोहि पनि चीन र हङकङको यात्रा गर्छन् भने उनीहरुलाई मनोमानी तरिकाबाट कुनै अपराधमा दोषी बनाएर गिरफ्तार गरिने सकिनेछ ।
अमेरिकाको नयाँ एडभाइजरीमा सिधै आफ्ना नागरिकलाई चिनियाँ अधिकारीले मनोमानी तरिकाले समात्ने र हिरासतमा लिन सक्ने बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया