६ रेक्टरको भूकम्प, भक्तपुरमा चिच्याउँदै भागाभाग

काठमाडौं । सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रेक्टरको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौं आसपासको भेगमा ठूलो धक्का दिएको छ । उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको थियो ।

भक्तपुरको लोकन्थली, बाल्कोट, ठिमीलगायत क्षेत्रमामा ठूलो सङ्ख्यामा मानिस आत्तिएर कराउँदै घर बाहिर निस्किएका थिए ।

विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी पराकम्प गएको केन्द्रले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?