कोरोना अपडेट : विश्वमा २ करोड ९६ लाख बढिमा देखियो संक्रमण, कति पुगे मृतक ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ९६ हजार २ सय ८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९६ लाख ३० हजार ७ सय ४२ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड १४ लाख २४ हजार ९ सय ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ८ सय १४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९९ हजार ५ सय ५६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १४ हजार ७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६७ लाख ६३ हजार २ सय ९६ पुगेको छ । हालसम्म ४० लाख ४२ हजार ३ सय ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार १ सय ७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय ५६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८२ हजार ७४ पुगेको छ । बितेको २४ घण्टामा ८९ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० लाख १६ हजार १ सय ८२ पुगेको छ । हालसम्म ३९ लाख ३७ हजार ४ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार २ सय ६७ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ७ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४३ लाख ५६ हजार ६ सय ९० पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३२ हजार २ सय ९७ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३६ लाख १३ हजार १ सय ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ८० जनाको ज्यान गएको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १८ हजार ७ सय ८५ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ५ सय ८५ जनामा कोरोना पुष्टि भएको र १ सय ५० जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ७३ हजार ८ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ८४ हजार ३ सय ५ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा ३० हजार ८ सय १२ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख ३३ हजार ८ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख ७३ हजार ३ सय ६४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ६० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ३ हजार ३ सय ३५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ७१ हजार ७ सय १६ पुगेको छ । हालसम्म कोरोनाको कारण ७१ हजार ४९ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र २ सय २८ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ४ लाख ७५ हजार ७ सय ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ हजार ७ सय ४७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ४ सय ९९ पुगेको छ । हालसम्म ६ लाख ५० हजार ७ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ५ लाख ७९ हजार २ सय ८९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ४० पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ४ लाख ३७ हजार ९ सय ८३ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ४ लाख ९ हजार ९ सय ४४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ९ सय ५ जनाको अवस्था गम्भीर रहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?