काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ९६ हजार ७९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९६ लाख १९ हजार ८ सय १४ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट २ करोड १४ लाख २१ हजार ६ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ७ सय ५६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९९ हजार ५ सय ५६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १४ हजार ७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६७ लाख ६३ हजार २ सय ९६ पुगेको छ ।
हालसम्म ४० लाख ४२ हजार ३ सय ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार १ सय ७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय ५६ जनाको कोरोनाको कारण ज्यान गएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया