नेविसंघ नुवाकोटमा विवाद : अध्यक्ष र सचिवले तोकेको संयोजकमा क्षेत्रिय सभापतिहरुको आपत्ती ! (विज्ञप्तिसहित )

काठमाडौं । नेपाल विध्यार्थी संघ (नेविसंघ) नुवाकोटमा विवाद देखिएको छ । जिल्ला अध्यक्ष र सचिवद्वारा मनोनित गरीएका १२ स्थानियतहका नेविसंघ संयोजकहरु अवैधानिक रहेको भन्दै क्षेत्रीय कार्यसमितिले आपत्ती जनाएका छन् ।

साविक क्षेत्र नं १,२ र ३ का अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै पालिका संयोजक चयन गरिएको बिषयलाई भ्रमपूर्ण र पञ्चायती शैलीको संज्ञा दिँदै आपत्ति जनाएका हुन् ।

जिल्ला कमिटिको बैठक भेलाविना नै आएको नियुक्ति र चयन गरिएका संयोजकहरु अवैधानिक रहेको समेत जारी विज्ञप्तिमा भनिएको छ ।

यस्ता गतिविधिले संगठन कमजोर बनाउने भन्दै यस्ता काम रोकी अभिलम्ब छिटो अधिवेशन गराउनको लागि समेत क्षेत्रिय सभापतिहरुले माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?