लिमीमा पाँच महिनापछि नेट

काठमाडौं । बिग्रेको पाँच महिनापछि हिमाल पारिको गाउँ लिमी उपत्यकामा नेट चलेको छ । हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका ६ को लिमीमा मर्मतपछि इन्टरनेट सेवा फेरि चलेको हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले विस्तार गरेको इन्टरनेटमा आएको खराबीका कारण अवरुद्ध भएको नेट सेवा पाँच महिनापछि सञ्चालनाा आएको कम्पनीका हुम्ला प्रतिनिधि रामजन रावतले जानकारी दिए ।

इन्टरनेटको डिभाइसमा आएको खराबीले अवरुद्ध भएपछि आफूहरु सम्बन्धित क्षेत्रमा पुगेर मर्मत गरेपछि नेट चलेको उनको भनाइ थियो । नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवाले राम्रोसंँग काम नगरेका अवस्थामा इन्टरनेट सेवा चले पनि चीनको सिमानासँग जोडिएका तीन गाउँ सञ्चार सम्पर्कमा आएका छन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?