बारेकोट गाउँपालिकामा चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा

जाजरकोट, २५ फागुन- स्वास्थ्यचौकी लिम्सामा दरबन्दीअनुसार चिकित्सक नहुँदा यहाँका स्थानीयवासी मर्कामा परेका छन् ।स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक नारायण जोशीको सरुवा भइसकेको र अर्का चिकित्सक सन्दीपकिरण प्रधान तालीमका लागि जिल्ला बाहिर भएका कारण यहाँका स्थानीयवासीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।करिब एक महिनादेखि बारेकोट गाउँपालिका स्थानीयवासी उपचारका लागि लिम्सा आए पनि चिकित्सक नहुँदा पीडाबोध हुँदै फर्कने गरेको स्थानीयवासी सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिए ।स्वास्थ्य चौकीमा औषधि पर्याप्त मात्रामा भए पनि चिकित्सक नहुँदा समस्या भएको स्वास्थ्य चौकीले जानकारी दिने गरेको छ । एक्सरेदेखि ल्यावसम्मका सेवा प्रवाह गर्ने भनिएको यो स्वास्थ्य चौकीमा स्थानीयवासीले समयमा उपचारमा पाउन सकेका छैनन् ।चिकित्सक नहुँदा यस क्षेत्रमा शव परीक्षणका कामसमेत अवरुद्ध हुँदै आएको छ । जाजरकोट सदरमुकामबाट बारेकोट गाउँपालिकाको लिम्सामा पुग्न दुई दिन लाग्ने गर्दछ ।साविकका चार गाविसको लागि एउटा मात्र सुविधासम्पन्न भनिएको स्वास्थ्य चौकीमा यस्तो समस्य आउँदा स्थानीयवासी आक्रोषित भएका हुन् । टेलिफोन, विद्युत्, सडक र बैंकजस्ता सुविधा नहुँदा यस क्षेत्रका स्थानीय समस्यामा पर्दै आएका छन् ।नेपाल खाद्य संस्थानले जाजरकोटबाट समयमै ढुवानी हुन नसक्दा खाद्यान्न समेत अभाव यही क्षेत्रमा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?