प्रदेश २ मा निषेधाज्ञा खुकुलो बनाएसँगै बढ्यो कोरोना संक्रमणको जोखिम

काठमाडौं । प्रदेश नम्बर २ को अधिकांश जिल्लामा कोरोना संक्रमण फैलिन नदिनका लागि गरिएको निषेधाज्ञा खुकुलो बनाएको केहि दिन नबित्दै २४ घण्टामा २ सय ५१ कोरोना संक्रमितको संख्या बढेको छ ।

मंगलबार प्रदेश नम्बर २ मा १ सय ४८ कैदी सहित थप २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार नाघेको छ । आज २ सय ५१ मा कोरोना संक्रमण पुष्टि भएसंगै १२ हजार २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा सबैको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?