काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यसबारे निर्णय गरेको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै बैठकले लामो दूरीका सवारी साधन तथा आन्तरिक उडानहरु असोज १ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
बैठकले एसियाली विकास बैंकले दिने १८ अर्ब सहुलियत ऋण लिनका लागि वर्ता गर्न टोली पनि गठन गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया