काठमाडौं । सरकारले लामो दूरीका यातायातका सवारी साधन तथा अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । जनस्वास्थ्यको मापदण्ड अपनाएर यातायात र आन्तरिक उडान तथा होटल तथा रेष्टुरेण्ट समेत खोल्ने निर्णय गरेको उनले बताए ।
विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ । भने सवारीको हकमा यात्रु क्षमता भन्दा ५० प्रतिशत मात्र चढाउनुपर्नेछ । साथै सवारी सञ्चालकहरुले तोकिएकोमा अधिकतम ५० प्रतिशतसम्म भाडा लिन पाउने व्यवस्था गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया