बाबुराम र मञ्जुको पञ्चेबाजाको भाका ‘गुल्मेलीको बस्ती’ सार्वजनिक

काठमाडौं, २५ फागुन – गुल्मेली कलाकार बाबुराम पन्थी र मञ्जु पौडेलले नयाँ गीत बजारमा ल्याएका छन् । पञ्चेबाजाको भाकामा ‘गुल्मेलीको बस्ती’ बोलको गीत बजारमा ल्याइएको हो ।गीतमा विष्णु खत्रीको शब्द तथा संगीत छ भने बाबुराम पन्थी र मञ्जु पौडेलले स्वर दिएका छन् । गीतको भिडियोमा पनि बाबुराम र मञ्जृकै अभिनय छ ।भिडियोमा क्यामेरा राजेश घिमिरेको छ भने सम्पादन विष्णु शर्माले गरेका छन् । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?