लामो दूरीका यातायात असोज १ गतेबाट सञ्चालन हुने

काठमाडौं । लामो दूरीको यातायात असोज १ गतेबाट सञ्चालनमा आउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

विभिन्न सर्त र प्रोटोकल तोकेर यातायात सञ्चालन गर्न लागिएको सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । उनका अनुसार भौतिक दूरी कायम गरी एकपट्टिको सिटमा एकजना मात्र बस्न पाउनेछन् । सबै यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने र यात्रुले यात्रा गर्नुपूर्व स्यानिटाइजर लगाउनुपर्नेछ । त्यस्तै सवारी साधन सञ्चालकहरुले तोकिएको भन्दा ५० प्रतिशत भाडा लिन पाउने उनले बताए । यसको अनुगमत यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले अनुगमत गर्नुपर्ने बताए ।

त्यस्तै बैठकले अन्तर्राष्ट्रिय सीमा नाका आगामी असोज ३० गतेसम्म बन्द गरिने भएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना जोखिमलाई मध्यध्यनजर गर्दै उक्त निर्णय गरेको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञवालीले जानकारी दिए । यसअघि भदौ ३० गते शुक्रवार सम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरिएको थियो । नेपालमा गत वर्षको चैत ११ गतेबाट लकडाउन गरेसँगै अन्तर्राष्ट्रिय सीमा नाका समेत बन्द गरिएको थियो । त्यस्तै भारतसँग सिमा जोडिएका १२ वटा नाकाबाट नेपाल प्रवेश गर्नको लागि अनुमति दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?