काठमाडौं । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा बलभद्र प्रसाद दास विरुद्ध गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्धा दर्ता भएको छ ।
दासले झण्डै ८ करोड बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आज उनीविरुद्ध ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसा विगो कायम गरी मुद्दा दायर गरिएको छ ।
अख्तियारका अनुसार डा दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६ असार ३० सम्मको वैध आय ७ करोड ६० लाख १० हजार ४८९ रुपैयाँ ८० पैसामात्र रहेको आयोगआयोगका प्रवक्ता तारानाथ अधिकारीले बताएका छन् ।
तर उनले सोही अवधिभित्र १५ करोड ३२ लाख ३ हजार ३५० रुपैयाँ ४ पैसा खर्च तथा लगानी गरेको पुष्टि हुन आएको दावी आयोगको रहेको छ । आयोगका अनुसार आयोगले वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसाको खर्च तथा लगानीको स्रोत खुल्न नआएको भन्दै मुद्दा दायर गरेको प्रवक्ता अधिकारीले जानकारी दिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया