नेपालमा कोरोना अपडेट : जिल्लागत विवरणसहित हेर्नुहोस्-कहाँ कति थपिए संक्रमित र मृतक?

काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण बाट थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ४ महिला र ७ जना पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको हो ।

काठमाडौंमा एक महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ८६ वर्षिया महिला तथा ३४, ९६ र ६६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सिराहामा ३५ वर्षिया, बारामा ५५ वर्षिया र रुपन्देहीमा ६४ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी सर्लाहीमा ६४ वर्षिय, बारामा ५५ वर्षिय, मकवानपुरमा ६१ वर्षिय र कपिलवस्तुमा ५८ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।

आज थप १ हजार ६२ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म संक्रमण हुनेको संख्या देशभरी ४० हजार ६ सय ३८ रहेको छ ।

आज देशभरी १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । आज गरिएको १० हजार ३ सय ७५ पीसीआर परीक्षणमा महिला ४ सय ४६ र पुरुष १ हजार १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

आज काठमाडौंमा ५ सय ५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा संक्रमण देखिएको छ ।

आजसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७ सय ८० जनाको कोरोना परीक्षण भएकोमा ५६ हजार ७ सय ८८ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ जना रहेको छ । जसमा होम आइसोलेसनमा ७ हजार ६ सय ४० र संस्थागतमा ८ हजार १ सय ३९ जना उपचाररत रहेका छन् ।

यस्तै आइसियुमा १ सय ७४ र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन ।

क्वारेन्टिनमा ७ हजार २ सय ५० जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जिल्लागत विवरण यस्तो छ :

No photo description available.

No photo description available. Image may contain: text that says '४४ कर्णाली दैलेख 9 ४६ 9 २ ၃ 90 १३ सुदुरपस्चिम २ २३ 9 ४5 ४९ ५० ७ 4 सल्यान सुर्खेत कश्ननपुर कैलाली डोटी दार्चुला वझाड बैतडी ७ 9 5 ११ १੧ 90 9 ၃ ၃ ३ २ 义 ३ आजको जम्मा 5 44६ १०१३ आजसम्मको जम्मा संक्रमितको संख्या १४५९ ५६७६ς ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण प्रदेश क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९5२ ४५७ हालसम्मको डिस्वार्जको संख्या ४६७ प्रदेश प्रदेश बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५६१ ३५६२ ११०९६ 5३९२ २३४५ ६६७७ २५३१ १९४३ ६९७ २१४३ ७२५० ६०३५ ४०६३ कोभिड- राष्ट्रिय अद्यावधिक विवरण| मिति: २०७७/०५/३०'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?