काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका कारण मृत्यु भएका ११ जना मध्ये ४ जना काठमाडौंका मात्रे रहेका छन् ।
मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौंका ४ जना, सर्लाही १, सिराहा १, बारा २, मकवानपुर १, रुपन्देही १ र कपिलवस्तुका १ जना गरि ११ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरुमा ४ महिला र ७ जना पुरुष रहेका छन् । काठमाडौंमा मृत्यु भएकाहरुमा एक ८६ वर्षीया महिला र ३४, ९६ र ६६ वर्षका पुरुष रहेका छन् ।
अहिलेसम्म संक्रमित भएकाहरुबाट मृत्यु भएकाको प्रतिशत ०.६५ रहेको छ ।
यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ३७५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ समेत गरी ४४६ जना महिला र १ हजार १३ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार ७७९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ६४० जना र संस्थागत आईसोलेसनमा ८ हजार १३९ जना छन् । तिमध्ये १७४ जना संक्रमितको आईसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार २५० जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, मकवानपुर, भक्तपुर, चितवन, र रुपन्देही गरि ७ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३७१ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ११ जनाले ज्यान गुमाएका छन् ।
हिजो आईतवार नेपालमा १ हजार १७० जनामा संक्रमण पुष्टि भएको थियो । ८८९ जना संक्रमणमुक्त भएका थिए भने १५ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया