काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसले सभामुख पदका लागि आफ्नो उम्मेदवार नउठाउने भएको छ ।शुक्रबार शीर्ष नेताहरुबीचको छलफल पछि कांग्रेसले सभामुख पदमा आफ्नो उम्मेदवारी नदिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकश शर्माले जानकारी दिए ।त्यस्तै पार्टी प्रवक्ता शर्माले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्ःसभामुखको सालिन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद र संसदीय पद्धतिको गरिमा अभिवृद्धी हुने विश्वास नेपाली कांग्रेसले लिएको छ ।अतः सिंगो संसदको नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक प्रस्तुति नरहनु नयाँ संसदको नवीन यात्राका लागि सुखद प्रारम्भ हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया