काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाई गरेका छन् ।
मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् ।
उनको भदौ २६ गते आइतवारबाट ४ वर्षे कार्यकाल सकिएको छ । भने पुन: नियुक्तीको लागि उर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको छ । दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य साथै घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेका कारण घिसिङलाई पुनः नियुक्तीको लागि आवाज उठिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया