काठमाडौं । ड्रग सिन्डीकेटमा नाम चर्चाको बचिमा बलिउड अभिनेत्री सारा अली खानको एक भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।
उनी र बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतको साथमा सुशान्तको फार्म हाउसमा जाने गरेको खुलासा भएको छ ।
उक्त भिडियोमा सारा र सुशान्त आफ्नो फार्महाउसमा स्मोकिङ गरिरहेको देख्न सकिन्छ । तर यो स्पष्ट छेन कि, उनीहरु ड्रग्सले बनेको सिगरेट तान्दै छन् वा नर्मल ।
यो भिडियो उनको फार्महाउसका एक मेम्बरले ड्रोनको माध्यमबाट बनाएका थिए । यो भिडियोका साथै सारा अली खान समस्यामा पर्न सक्ने देखिएको छ ।
भिडियो सुशान्त र सारा अभिनित फिल्म केदारनाथको (२०१८) को बेलामा प्रमोशन भईरहेका बेलाको रहेको बताइएको छ । फिल्म प्रमोशन पछि धेरै समय उनीहरु फार्महाउसमा बसेका थिए ।
एनसीबीसँगको शोधपुछका क्रममा सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीले २५ जना बलिउड कलाकार ड्रग्स केसमा सम्मिलित रहेको बताएकी थिइन् ।
यसमा सुशान्तकी हाउस म्यानेजर स्यामूल मिराण्डादेखि, रियाका भाई शोविक, सारा अली खान, श्रद्धा कपूरहरुको नाम रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया