काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
यसैबीच चीनमा सेन्टर फर डिसीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का एक हधिकारीले नोभेम्बरसम्म कोरोनाविरुद्धको भ्याक्सीन आम नागरिकको लागि उपलब्ध हुने बताएका छन् ।
चीनमा कोरोनाका ४ भ्याक्सीनमाथि रिसर्च भईरहेको छ । यी सबैको ट्रायल अन्तिम चरणमा रहेको छ । यी मध्ये तीन वटा भ्याक्सीन भने अत्यावश्यक कर्मचारीमा प्रयोग गरिसकिएको छ ।
जुलाईबाटै यो कार्यक्रम शुरु गरिएको थियो ।
सीडीसीका चीफ बायोसेफ्टी एक्सपर्ट गुईझेन वूले सरकारी टिभी च्यानलमा भने, ‘मैले आफैँ नै अप्रिलमा एक ट्रायलमा भाग लिएको थिएँ, अहिलेसम्म यसको केहि साइड इफेक्ट छैन ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया