पाकिस्तान बाहेकका १२० देशमा आईपीएलको ‘लाइभ टेलिकास्ट’ हुने

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिकेट लीग इण्डियन प्रिमियर लीग (आईपीएल) को १३ औँ सीजनको लाइभ टेलिकास्ट १२० वटा देशहरुमा हुने भएको छ ।

भारतमा हिन्दी र अंग्रेजी बाहेक ६ स्थानीय भाषामा समेत लाइभ हुनेछ । तर १३ औँ सीजनको लाइभ टेलिकास्ट पाकिस्तानमा भने नहुने भएको छ ।

अमेरिका र क्यानडामा विलो टिभी, अस्ट्रेलिया न्यूजिल्याण्डमा फक्स स्पोर्टस, बेलायत आयरल्याण्डमा स्काई स्पोर्टसबाट लाइभ म्याच प्रसारण हुने भएको छ ।

अफगानिस्तान र बंगलादेशमा भने प्रसारणका लागि स्थानीय ब्रोडकास्टर्सबाट हुने भनिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?