कोरोनाबारे ट्रम्पले गरेको दाबी सत्य साबित हुँदै !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

Corona

कोरोना भाइरसका कारण हरेक दिन लाखौँ मानिसहरु संक्रमित बनेका छन् भने हजारौँ मानिसहरुको ज्यान गईरहेको छ ।

चीनको वुहान शहरमा पहिलोपटक गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म सफलता हात लाग्न सकेको छैन ।

यसैबीच चीनकी एक महिला डाक्टरले कोरोना भाइरस चीनको वुहान ल्याबमै बनेको दाबी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको दाबी सत्य साबित भईरहेको छ ।

Li-Meng Yan

चीनबाट भागेर अमेरिका गएकी चिनियाँ डाक्टर लि मेंग यानका अनुसार उनी वुहानको त्यहि सरकारी ल्याबमा रिसर्च गरिरहेकी थिइन् ।

उनको यो दाबीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौँ अगाडिबाट गर्दै आएको दाबी सत्य साबित हुँदै गईरहेको छ ।

डाक्टर लि मेंग यानले कोरोना भाइरस चीनको वुहान ल्याबमै बनेको दाबी गरेकी छन् । साथै उनले आफूसँग त्यसको पुरा साबित गर्न सक्ने प्रमाण रहेको समेत बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?