माओवादी प्रमुख सचेतकमा सांसद देव गुरुङ

काठमाडौं, २५ फागुन । माओवादी केन्द्रले पूर्वकानुनमन्त्री एवं सांसद देव गुरुङलाई प्रमुख सचेतक बनाएको छ ।सांसद गुरुङ सभामुखको दाबेदार थिए । तर, मोओवादीले कृष्णबहादुर महरालाईं सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि सांसद गुरुङलाई प्रमुख सचेतक बनाएको हो ।त्यस्तै माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यसअघि नै चयन गरिसकेको छ भने उपनेता र सचेतकबारे भने कुनै निर्णय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?