गोली लागेकी आफ्नी बहिनीलाई बचाएर नायक बनेका बालक !

काठमाडौं । पानी बोकेर फर्किंदै गर्दा छ वर्षीया रुवाइदा सालेह टाउकोमा गोली लागेर ढलेकी थिइन् ।

त्यसपछि सामाजिक सञ्जालमा धेरैले आक्रोश पोखेका थिए ।

उनको टाउकोमा गोली लागेर ढलेको तस्वीर देखेपछि मानिसहरुले सामाजिक सञ्जाल मार्फत आफ्नो आक्रोश पोखेका हुन् । भावविह्वल बनाउने उनको उक्त तस्वीर अहिले पनि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

यमनको ताइज शहरमा भएको उक्त घटनामा उनका बालक दाजुले ज्यान जोखिममा राखेर बहिनीलाई बचाउन गरेको प्रयासलाई धेरैको मन पराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?