काठमाडौं । अमेरिकाका प्रमुख कोरोना भाइरस विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले २०२१ को अन्तिमसम्ममा मानिसहरुको जीवन सामान्य बन्न नसक्ने चेतावनी दिएका छन् ।
कोरोना भाइरसको भ्याक्सीनले केहि मद्दत गर्ने भएपनि त्यसका शर्तले गर्दा २०२१ को अन्तिमसम्ममा जीवन सामान्य हुन नसक्ने उनले बताए ।

अहिलेसम्म कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनिनसकेकोले भ्याक्सीन आउँछ वा आउँदेन भन्नेमा अझै यकिन हुन नसकेको उनको भनाई छ ।

उनले अहलिे बनिरहेको कुनै एक भ्याक्सीन २०२० को अन्तिमसम्ममा स्विकृति मिलोस् भन्ने चाहेको बताएका छन् । भ्याक्सीन यो वर्षको अन्तिमसम्ममा बनिसकेपनि सबैका लागि उपलब्ध हुन असहज रहेको उनले बताए ।

एमएसएनबीसीसँगको अन्तर्वार्तामा उनले स्विकृति मिलेपछि भ्याक्सीन धेरै भन्दा धेरै मात्रामा उपलब्ध र उत्पादन गर्न आवश्यक रहेको बताएका छन् ।
उनले अहिलेको अवस्थालाई हेर्दा २०२१ को मध्य र अन्तिमसम्ममा पनि भ्याक्सीन सबैका लागि उपलब्ध हुन गाह्रो रहेको बताएका छन् ।

उनले रेष्टुराँ, बार जस्ता क्षेत्रमा भीड भएको घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले भने, ‘युवालाई लाग्छ होला, यो गम्भीर रोग होइन,तर उनीहरुले यो बिर्सनु हुँदैन कि,आफू संक्रमित भएपछि अर्को व्यक्ति बिरामी हुन्छ, यसको बारेमा गलत प्रचार भईरहेकोले कोरोना भाइरसविरुद्धको लडाईमा गाह्रो भएको छ ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया