आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर ९७ हजार ५०० रुपैयाँ पुगेको छ ।

आईतबार स्थिर रहेको सुनको भाउ हिजो (सोमबार) बढेको थियो ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य पनि (सोमबार) तोलामा १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज (मंगलबार)  बढेर १३४० रुपैयाँमा कारोबार भएको महासंघ ले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?