आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं – केहि दिनदेखि परिवर्तन भएको मौसम आज पनि धुमिल छ ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा विहानपख सिमसिम बदली भएको थियो ।

मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित भएका कारण आज देशभर सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा छ भने प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा पनि भइरहेको छ।

आज (मंगलबार) दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ , प्रदेश २ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोको सर्तक रहन महाशाखाले आग्रह गरेको छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने , सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

मौसमको यो अवस्था अझै ३ दिनसम्म उस्तै रहनसक्ने जनाइएको छ । भोलि (बुधबार) र पर्सि (बिहिबार) पनि सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । file : photo

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् : 
चट्याङ किन पर्छ ? चट्याङबाट कसरी बच्ने अपनाउनुहोस् यस्तो उपाय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?