कोरोना संक्रमणको हिसावले उच्च रहेका यी ५ देशहरु

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९८ हजार ६ सय ८६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १३ हजार १ सय ३० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६७ लाख २१ हजार ५ सय ८८ पुगेको छ । हालसम्म ३९ लाख ८२ हजार ७ सय ७५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार १ सय १३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ६६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८० हजार ३९ पुगेको छ । बितेको २४ घण्टामा ३३ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४८ लाख ७८ हजार ४२ पुगेको छ । हालसम्म ३८ लाख ९ हजार ५ सय ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ७२ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ४ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४३ लाख ३५ हजार ६६ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३१ हजार ७ सय ३६ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३५ लाख ७३ हजार ९ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ७३ जनाको ज्यान गएको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १८ हजार ६ सय ३५ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ५ सय ९ जनामा कोरोना पुष्टि भएको र ५७ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ६८ हजार ३ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ७८ हजार ७ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा ३० हजार ७ सय १० जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख २९ हजार ६ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख ६६ हजार ७ सय ९६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ४८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ३० हजार ७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९२ लाख ८५ हजार २८ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड ११ लाख ८ हजार १ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ५ सय ५४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?