काठमाडौं । मुग्लिङ-नारायणगढ सडकखण्ड भोलिबाट मात्र खुल्ने भएको छ ।
आज दिउँसो इच्छाकामना गा.पा. वडा नं ६ पाँच किलो नजिक चोर खोलामा पहिरो गई अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडकखण्डको अवरोध बेलुकी एकतर्फी रुपमा मात्र हटाइएको भएपनि भारी वर्षतका कारण अहिले २२:३० बजेको समयमा पुनः सोहि स्थानमा पहिरो गई बाटो पूर्ण रुपमा अवरुद्ध भएकाले भोलिमात्र खुल्ने भएको हो ।
इच्छाकामना गा.पा ले सडकखण्डमा रहेका सवारी साधनहरुलाई रातको समय र संभावित पहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया