बर्दिया । बबई नदीमा एक जनाको शव आज फेला परेको छ ।
आइतबार रातिदेखि बेपत्ता बारबर्दिया वडा नं १ बस्ने विनोद चौधरीको शव गुलरियाको भादा नदीमा फेला परेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।
माछा मार्न गएका बेला बबई नदीमा डुवेर उनी बेपत्ता भएका थिए । यही भदौ २७ गते बबईमा नुहाउने क्रममा बेपत्ता भएका गुलरिया नगरपालिका वडा नं १० बस्ने २२ वर्षीय शनि थारुको अवस्था भने अझै अज्ञात छ । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया