काठमाडौं । आगामी असोज ५ गतेबाट आन्तरिक हवाई उडान र लामो दूरीको बस सञ्चालन हुने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
आज (सोमबार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो ।
कोरोनाको कारण लामो समय रोकिएको यातायात असोज १ गतेबाट सञ्चालन गर्न व्यवसायीहरुले सरकारलाई दवाव दिइरहेको बेला सरकारले त्यस्तो निर्णय गरेको हो ।
त्यस्तै आज बसेको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया