काठमाडौं । रुपन्देहीको तिलोत्तमामा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीहरुले आन्दोलन शुरु गरेका छन् ।
अस्ट्रेलियन सिलभर हेरिटेज कम्पनीको लगानीमा सञ्चालित होटेलले दुई वर्षे करार सम्झौता सकिएको भन्दै कर्मचारीहरुलाई इमेलबाट पत्र पठाएर अब करार सम्झौता नवीकरण नहुने स्पष्ट पारेपछि आजदेखी कर्मचारीले आन्दोलन शुरु गरेका छन् । उनीहरु आज दिउसो रिसोर्ट गेटमा धर्ना दिएका थिए । जिल्ला प्रशासन कार्यालय र अन्य निकायमा ज्ञापन पत्र बुझाएका छन् ।
कामबाट निकालिनेहरुमा रिसोर्टको माथिल्लो पद जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत ४ सय ३३ कमदारलाई निश्कासन गरीपछि आन्दोलन गर्नु परेको कर्मचारी युनियनका अध्यक्ष रोसन गुरुङ्गले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया