योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले राजीनिमा दिएपछि अबको प्रधानमन्त्री किसानका छोरा योशिहिडे सुगा जापानको प्रधानमन्त्री बन्ने भएका छन् ।

उनले सोमवार रुलिङ लिबरल डेमोक्रेटिक पार्टीको इलेक्शनमा जीत हासिल गरेका हुन् ।

भोटिङमा पार्टीका कुल ५३४ जना सांसद सहभागी थिए ।

जसमा सुगाले ३७७ अर्थात् करिव ७० प्रतिशत भोट ल्याएका छन् । अब उनको प्रधानमन्त्री बन्ने बाटो सफा भएको छ । उनी आबेका नजिकका व्यक्ति थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?