दशैंको मुखमा भक्तपुरमा माइक्रोबस दुर्घटना

भक्तपुर, ९ असोज – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस आज दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।बालकोट–कलंकी मार्गमा चल्ने बा २ ख ९१९१ नं को माइक्रोबस बसपार्कबाट छुटेर १०० मि अगाडि पुगेलगत्तै सडकबाट करिब २० फिट तल खसेर दुर्घटनामा परेको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हरीशबहादुर चन्दले जानकारी दिए । घाइतेको सिनामंगलस्थित केएमसी अस्पताल र गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?