माछा मार्न गएका युवक बेपत्ता

काठमाडौं । बर्दियाको बबई नदीमा माछा मार्न गएका एक युवकलाई नदीले बगाउँदा बेपत्ता भएका छन् ।

बारबर्दिया नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरी आइतबार बबई नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई नदीले बगाएको बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहितको टोलीले उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?