काठमाडौं– सरकारले भ्रष्टाचारी कर्मचारीको सूची तयार पार्न थालेको छ ।भ्रष्टाचारी कर्मचारी, सुरक्षा निकायका अधिकारी, राजस्व अनुसन्धानका अधिकारी तथा अन्य विचौलियालाई समेत कारवाही गर्ने भन्दै त्यसको तयारी गरिएको छ । भ्रष्टाचारी कर्मचारीलाई कारवाही गर्ने लक्ष्यका साथ गृहमन्त्री रामबहादुर थापा बादल, वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आवश्यक तयारी र परामर्श समेत सुरु गरिसकेका छन् , आजको जनआह्वान साम्ताहिकमा खबर छ।प्रधानमन्त्री ओलीले केही दिन पहिले एमाले र माओवादी केन्द्रका सांसदहरुलाई संयुक्त रुपमा दिएको निर्देशनमा कर्मचारीको फाइल बोकेर नहिड्न र विकास निर्माणको काममा केन्द्रीत हुन निर्देशन दिएका थिए । उनले भ्रष्टाचारीलाई कारवाही गर्ने समय आएको भन्दै त्यसमा कोही कसैसँग पनि सम्झौता नगरिने बताएका थिए ।एमाले उपाध्यक्ष वामदेव गौतम कार्यदलले बुझाएको आर्थिक समृद्धिको कार्ययोजनामा समेत समृद्धिको वाधकका रुपमा भ्रष्ट कर्मचारी संयन्त्र रहेको भन्दै त्यसलाई कारवाहीको दायरामा ल्याउनुपर्ने सुझाव दिइएको छ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिन पहिले बुटवलमा आयोजित एक कार्यक्रममा समेत भ्रष्ट न्यायाधीश, कर्मचारीलाई कारवाही गर्ने बताएका थिए । त्यसो त जनसंख्या तथा वातावरण मन्त्री पण्डितले वातावरणीय प्रभाव मूल्यांकन नगरीकन निर्माण गरेका र सञ्चालनमा ल्याएका होटल तथा अस्पताललाई कारवाहीको दायरामा ल्याएका थिए ।सरकारका मन्त्रीहरुले सरकारलाई शुसासनको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ भ्रष्टाचारी कर्मचारीको सूची नै तयार पार्न थालेपछि कर्मचारी तन्त्रमा ठुलै भूकम्प गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया