काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ७ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालका ७ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
कोरोना संक्रमण मुक्त ७ जिल्लाहरु
- सोलुखुम्बु
- मनाङ
- मुस्ताङ
- डोल्पा
- हुम्ला
- मुगु
- म्याग्दी
बितेको २४ घण्टामा नेपालमा थप १ हजार १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ८७० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ समेत गरी ३९९ जना महिला र ७७१ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ८८९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार ३९३ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार २७५ जना र संस्थागत आईसोलेसनमा ८ हजार ११८ जना छन् । तिमध्ये १७९ जना संक्रमितको आईसियु र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ८९२ जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, सर्लाही, चितवन, ,भक्तपुर र रुपन्देही गरि ७ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३६० जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १५ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया