काठमाडौं र भक्तपुरसहित यी ७ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ८७० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ समेत गरी ३९९ जना महिला र ७७१ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्ला

  • काठमाडौं
  • भक्तपुर
  • चितवन
  • मोरङ
  • सर्लाही
  • रुपन्देही
  • सुनसरी

यस्तै बितेको २४ घण्टामा थप ८८९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार ३९३ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार २७५ जना र संस्थागत आईसोलेसनमा ८ हजार ११८ जना छन् । तिमध्ये १७९ जना संक्रमितको आईसियु र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ८९२ जना रहेका छन् ।  डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३६० जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १५ जनाले ज्यान गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?