नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३९ हजार ५ सय नाघ्यो

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ८ सय ७९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ रहेका छन् ।
कुल संक्रमित मध्ये ७१.५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताए ।

बितेको २४ घण्टामा नेपालमा थप १ हजार १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ८७० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ समेत गरी ३९९ जना महिला र ७७१ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार ३९३ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार २७५ जना र संस्थागत आईसोलेसनमा ८ हजार ११८ जना छन् । तिमध्ये १७९ जना संक्रमितको आईसियु र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ८९२ जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, सर्लाही, चितवन, ,भक्तपुर र रुपन्देही गरि ७ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३६० जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १५ जनाले ज्यान गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?