बिहीवारको शेयर कारोबारको राफसाफ स्थगित

काठमाडौं । गत बिहीबार भएको शेयर कारोबारको राफासाफ स्थगित गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले निर्देशन दिएको छ ।

आज सिडिएससीले एक सूचना जारी गर्दै गत बिहीबार भएको सबै शेयर कारोबारको राफासाफ अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको जनाएको हो ।

नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा प्राविधिक समस्या देखिएकाले राफसाफ स्थगित गर्न निर्देशन दिएको हो ।

बिहीवारको कारोबारको राफसाफ स्थगित गर्न सिडिएससीलाई निर्देशन दिएपछि सिडिएससीले सूचना जारी गरेको हो ।

बिहीबारको कारोबार आज राफफास हुनुपर्ने थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?