ड्रग्सको लागि रियाले आमाको फोन प्रयोग गरेको खुलासा !

काठमाडौं । ड्रग्स केसका कारण जेलमा रहेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीले ड्रग्सको लागि आमाको फोन प्रयोग गरेको पाइएको छ ।

एनसीबीले गरिरहेको जाँचका क्रममा उनले ड्रग्स मगाउनको लागि आफ्नी आमाको फोन प्रयोग गरेको पाइएको हो ।उनले आमाको फोनबाट ड्रग्सको बारेमा च्याट गरेको पाइएको छ ।

गत शुक्रवारबाट उनलाई ड्रग्स केसमा १४ दिनको जेल सजाय तोकिएको छ । उनी २२ सेप्टेम्बरसम्म जेलमै रहनेछिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?