ड्रग्स केसमा एनसीबीको छापा, सूर्यदीप पक्राउ

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूत केसको जाँच अहिले ड्रग्स एंगलको अनुसन्धान गरिरहेको एनसीबीले अर्का एक ड्रग्स कारोवारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रियाका भाई शोविकका साथी सूर्यदीप मल्होत्रा रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी शोविकका स्कूल फ्रेण्ड हुन् ।

अहिलेसम्म ड्रग्स केसमा ७ जनालाई पक्राउ गरिएको छ । गत जून १४ मा अभिनेता सुशान्त सिंह राजपूतले बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

त्यसपछि उनको आत्महत्या प्रकरणकबारे अनुसन्धान भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?