काठमाडौं – आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको कारण यो नियमित बैठक हो ।
प्राप्त जानकारी अुसार आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्नेछ ।
यसैबीच आजको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख तथा सदस्य र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ ।
आज (सोमबार)देखि नेपाल विद्युत प्राधिकरणको नेतृत्व रिक्त भएको छ । जनताबीच निकै प्रिय बनेका कुलमान घिसिङले आफ्नो कार्यकाल हिजो (आइतबार) बाट पूरा गरेका छन् । यसैले आजको मन्त्रिपरिषद् बैठकले उनलाई दोहोर्याउने वा अरू कसैलाई नेतृत्वमा ल्याउने निर्णय गर्नेछ । file : photo
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया