सामाजिक सञ्जालमा ‘भाईरल बन्दै’ कुकुर र लाटोकोसेरोको अपत्यारीलो प्रेम (फोटोफिचर)

काठमाडौं – बढ्दो गरिबी, बेरोजगारी, असमानता, प्रविधीको दुरुपयोग, बेमेलता, सामाजिक द्वन्द्व आदीजस्ता कारणले मानिसमा नकारात्मक सोच हाबी भइरहेको छ । मानिसहरु स-साना गल्ती कमिकमजोरी स्विकारेर माफि माग्न पटक्कै तयार छैनन् । बरु ती गल्ती कमि कमजोरी ‘होईन’ भनेर ढाकछोप गर्न अन्य झुटको सहारा लिन्छन् र भईरहेको सम्बन्ध धरापमा पार्छन् ।

समाजमा एकथरी यस्ता मानिसहरु पनि छन् – जो पैसाको लागि सारा सम्बन्ध बिर्सन्छन् ।

कोही साथीको हत्या गर्न, अपहरणको नाटक गर्न, दुख दिन, काटमार गर्न, ठूला दुर्घटना निम्त्याउन सम्म पनि पर्दैनन् ।

फेरि यहि समाजमा अर्काथरी यस्ता मानिसहरु पनि छन् जो स्कुले केटाकेटी उमेरदेखिका साथी वृद्धाश्रमसम्म पनि असल साथीको रुपमा रहन्छन् ।

यहाँ प्रस्तुत गर्न लागिएको विषय मानिसको प्रेम वा सम्बन्धका विषयमा भने होईन । साथीत्वको साँचो अर्थ भुलेकाहरुलाई सम्बन्ध के हो ? भनेर एउटा कुकुर र एउटा लाटोकोसेरोले प्रस्तुत गरेका छन् । यहाँ पशु र पंक्षीबीचमा कति लोभलाग्दो माया हुन्छ भन्ने कुरा देख्न सकिन्छ । एउटा बडेमानको कुकुर र एउटा सानो लाटोकोसेरोको प्रेम छ । यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाईरल भइरहेको छ ।
वाईल्डलाईफ फोटोग्राफर तान्जा ब्रान्टले कैद गरेका तस्वीरहरु हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?