फ्रेन्च लीग-१ म्याचमा हानाहान : नेयमारसहित ५ खेलाडीले पाए रेडकार्ड (भिडियोसहित)

काठमाडौं । कोरोनाबाट ठीक भएपछि पीएसजीका स्ट्राइकर नेयमारको मैदान इन्ट्री राम्रो रहेन ।

मार्सेलविरुद्ध आईतवारको खेलमा विपक्षका खेलाडी अलवारो गोन्जालेजलाई थप्पड हानेपछि उनलाई रेडक कार्ड दिइएको हो । तर उनले गोन्जालेजमाथि नश्लीय टिप्पणी गरेको आरोप लगाएका छन् ।

भिडियोको रिभ्यू पछि उनलाई रेफ्रीले मैदान बाहिर पठाएका थिए । त्यसपछि रिसाएका नेयमारले सामाजिक सञ्जाल ट्वीटरमा मैले कि गोन्जालेजलाई मुखमा हानिन् ? भनेर पश्चाताप गरेका छन् ।

के थियो विवाद ?

दोश्रो हाफको इन्जरी टाइममा मार्सेलका दारियो बेनडेट्टो र लियान्ड्रो पेरेडेसको बीचमा झगडा भएको थियो । विवाद यति ठूलो बन्यो की, हात हालाहाल भयो ।

त्यसैबेला पीएसजीका लयविन कुरजावा र जोर्डन अवामीको बीचमा मुक्कामुक्की शुरु भयो ।

https://twitter.com/i/status/1305255624381530120

हेर्दाहेर्दै दुबै टिम सामेल भए । त्यसैबीचमा रेफ्री जेरोम ब्रिसर्डले विवाद शान्त गराउन पीएसजीका तीन खेलाडी नेयमार, कुरजावा र पेरेडसलाई रेड कार्ड दिएर मैदान बाहिर पठाए ।

९० मिनेटको खेलमा ३६ फल भए । पीएसजीका ८ र मार्सेलका ९ खेलाडीमा गेम भएको थियो । खेलमा १२ जनाले एलो कार्ड पाएका थिए ।

यो खेलमा मार्सेलले १ ० को जित निकालेको छ । मार्सेलको तर्फबाट एकमात्र गोल फ्लोरियन थोविनले गरेका थिए । एक दशकपछि मात्र साबिक बिजेता पीएसजीलाई मार्सेलले पहिलो पटक हराएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?