देशव्यापी रुपमा दोश्रो पटक लकडाउन गर्ने विश्वकै पहिलो देश बन्यो इजरायल

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आईतवार देशमा फेरि तीन हप्ता लकडाउन थपिएको बताएका छन् ।

यो लकडाउन शुत्रलवारबाट लागू हुने बताइएको छ । यसको साथै इजरायल दोश्रो पटक देशभर लकडाउन गर्ने विश्वको पहिलो देश बनेको छ ।

देशमा कोरोना संक्रमण तीव्र गतिले बढेपछि यो निर्णय लिएको बताइएको छ ।

इजरायलमा अहिलेसम्म कोरोना भाइरसका कारण १ हजार ११९ जनाको मृत्यु भएको छ भने १ लाख ५५ हजार ६०४ जनालाई कोरोना संक्रमण भएको छ ।

१ लाख १४ हजार ९९८ जना संक्रमण मुक्त भएका छन् भने ३९ हजार ४८७ जना उपचाररत छन् । इजरायलमा ५१९ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?