काठमाडौं । इण्डोनेशियामा कोरोना संक्रमित बढ्न थालेपछि फेरि जकार्तामा शहरव्यापी लकडाउन शुरु भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिले फैलिएपछि प्रशासनले यो निर्णय लिएको हो ।
कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै राजधानीका अस्पतालमा भर्ना हुनेको संख्या बढीरहेको छ ।
जकार्ताका गभर्नर अनीस बसवदनले ८ सेप्टेम्बरमा पूरा शहरमा फेरि लकडाउन गर्न लागेको घोषणा गरेका थिए । साथै कडा नियम र सामाजिक दूरी बनाइराख्ने जस्ता प्रतिबन्ध लगाईने बताइएको छ ।
सबै कार्यालयहरु बन्द गरेर लकडाउन गरिएको बताइएको छ ।लकडाउन आजबाट लागू भएको छ ।
इण्डोनेशियामा अहिलेसम्म कोरोना भाइरसका कारण ८ हजार ७२३ जनाको मृत्यु भएको छ भने २ लाख १८ हजार ३८२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ५५ हजार १० जना संक्रमण मुक्त भएका छन् भने ५४ हजार ६४९ जना उपचाररत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया