२२ जेष्ठ २०८०, सोमवार

नेपाल राष्ट्र बैंकले कर्मचारीको ३० वर्षे कार्यकाल सीमा हटायो, अब कति ?

२०७४,आश्विन,९,सोमवार १५:१७

9
Shares

काठमाडौँ, ९ असोज – नेपाल राष्ट्र बैंकले कर्मचारीको तीसवर्षीय कार्यकाल सीमा हटाएर ५८ वर्ष उमेर कायम गरेको छ ।बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले तीसवर्षीय कार्यकालको व्यवस्था हटाएर थप रायसल्लाहका लागि लोक सेवा आयोगलाई पठाउने निर्णय गरेको प्रवक्ता नारायण पौडेलले जानकारी दिए । बैंकमा कार्यरत कर्मचारी भने ३० वर्षीय सेवावधि हटाउन नहुने पक्षमा थिए । निजामती सेवामा कर्मचारीको उमेर हद ५८ वर्ष रहेकाले समान बनाउने लक्ष्यका साथ बैंकले उक्त निर्णय गरेको हो ।कर्मचारीको मागको सुनुवाइ गर्न बैठकले सञ्चालक समिति सदस्य रामजी रेग्मीको संयोजकत्वमा दुई डेपुटी गभर्नर र प्रवक्ता पौडेल सदस्य रहेको समितिसमेत गठन गरेको छ । उमेर हद हटाउँदा कर्मचारीको वृत्ति विकासमा पर्ने असरको न्यूनीकरणका लागि अध्ययन गर्न गठित समितिले राष्ट्र बैंकको प्रस्तावित संघीय संरचनाबारे पनि आवश्यक सुझाव दिनेछ ।

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार १५:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि यही जेठ २३ देखि २६ सम्म काठमाडौंमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै सङ्घीय संसद्

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत

काठमाडौं । ब्लड डोनर्स एशोसिएसन नेपाल ९ब्लोदान० ले विश्व रक्तदाता दिवस २०८० ९२०२३० का उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१